साउथह्याम्पटनले टोटनह्याम हट्सपरलाई बराबरीमा रोक्यो, यस्तो छ अंक तालिका • Image Khabar Image Khabar


साउथह्याम्पटनले टोटनह्याम हट्सपरलाई बराबरीमा रोक्यो, यस्तो छ अंक तालिका


Imagekhabar
८ माघ २०७४, सोमबार ०७:२३

साउथह्याम्पटनले टोटनह्याम हट्सपरलाई बराबरीमा रोक्यो, यस्तो छ अंक तालिका

गएराती साउथह्याम्पटनको मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

खेलको १५ औं मिनेटमा टोटनह्यामका डेभिन्सन सान्चेजले आत्माघाति गोल गरेपछि साउथह्याम्पटनले अग्रता लियो ।

तर त्यसको ३ मिनेटपछि टोटनह्यामका ह्यारी केनले एक गोल गर्दै खेललाई बराबरी गरेका हुन् ।

गएरातीको खेलपछि टोटनह्याम हट्सपर २४ खेलबाट ४५ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुलको ४७ अंक छ ।

लिभरपुलले आज राती स्वान्सी सिटीसँग उसैको मैदानमा खेल्नेछ । प्रिमियर लिग फुटबलमा २४ खेलबाट ६५ अंकका साथ म्यानचेष्टर सिटी शीर्ष स्थानमा कायमै छ ।

दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडको ५३ अंक छ भने ५० अंकका साथ चेल्सी तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्