३० असार २०८२, सोमबार | Tue Jul 15 2025


बार्सिलोना र रियाल मड्रिडलाई फराकिलो जित, मेसी र सुवारेज चम्किए


0
Shares

लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले रियाल बेटिसलाई ५-० ले हरायो ।

बेटिसलाई उसैको मैदानमा पराजित गर्न बार्साका लियोनल मेस्सी र लुईस सुवारेजले दुई–दुई गोल गर्दा ईभाँ राकिटिचले एक गोल थपे ।

गएराति नै रियाल मड्रिडले डेपोर्टिभो लाकोरुनालाई ७-१ को भारी अन्तरले पराजित गर्‍यो ।

रियालका लागि क्रिश्चियानो रोनाल्डो, ग्यारेथ बेल र नाचो फर्नान्डेजले दुई–दुई गोल गर्दा लुका मोड्रिचले एक गोल थपे ।

ला लिगामा गएराति सेल्टा भिगोले रियाल सोसीडाडलाई २-१ ले हराउँदा आलाभेज र लेगानेजले २-२ गोलको बराबरी खेलेका छन् ।

गएरातिका खेलपछि ला लिगाको अंक तालिकामा २० खेलबाट ५४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ ।

समान खेलबाट ४३ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो तथा ४० अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा रहेको छ ।

एक खेल कम खेलेको रियाल मड्रिड भने ३५ अंकका साथ चौथो स्थानमा समेटिएको छ ।