बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बिदेशी टोली बंगलादेशको उत्तर बरिन्धरालाई ५–० गोलको पराकिलो अन्तरले पराजित गर्दै थ्री स्टारले फाइनल यात्रा तय गरेको हो । इटहरि गोल्डकपको उपाधी लिएर पोखरा आएको थ्री स्टारले खेल अबधिभर बंगलादेशलाई दवावमा राखेको थियो । पहिलो हाफको ४० औं मिनेटसम्मको खेलमा बंगलादेशका रक्षकहरुले सम्हाले पनि त्यसपछि भने गोलको वर्षातलाई रोक्न…