१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मनाङलाई हराउँदै पुलिस सेमिफाइनलमा


0
Shares

‘बाई’ पाएर सीधै क्वार्टरफाइनल खेलेको मनाङ–मर्स्याङदी क्लबलाई मंगलबार ३–१ ले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

पुलिसको जितमा निरकुमार राईले ५३औं, दिनेश राजवंशीले ५७औं र सुमन लामाले ७२औं मिनेटमा एक/एक गोल गरे । विशाल राईले ८२औं मिनेटमा मनाङका लागि एक सान्त्वना गोल फर्काए ।

पुलिसका युवा खेलाडीहरुले प्रभावशाली खेल प्रस्तुत् गरे । पुलिसका सुमन लामा ‘म्यान अफ द म्याच’ घोषित भए ।

सहारा क्लबद्वारा आयोजित प्रतियोगिताअन्तर्गत् बुधबारदेखि सेमिफाइनलका खेलहरु सुरु हँदैछन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा थ्रीस्टार क्लबले बंगलादेशको उत्तर बरिन्धरासँग प्रतिस्पर्धा गर्नेछ ।

बरिन्धराले सुदूरपश्चिमको धनगढी–११ लाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । थ्रीस्टारले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै अन्तिम चारमा पुगेको हो ।

यस्तै, बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा पुलिसले धरान फुटबल क्लबको सामना गर्नेछ । धरान त्रिभुवन आर्मी क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।