थ्री स्टार १६ औँ आहा रारा गोल्ड कपको फाइनलमा « Image Khabar


थ्री स्टार १६ औँ आहा रारा गोल्ड कपको फाइनलमा


Imagekhabar
१७ माघ २०७४, बुधबार १९:४०

 

बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बिदेशी टोली बंगलादेशको उत्तर बरिन्धरालाई ५–० गोलको पराकिलो अन्तरले पराजित गर्दै थ्री स्टारले फाइनल यात्रा तय गरेको हो ।

इटहरि गोल्डकपको उपाधी लिएर पोखरा आएको थ्री स्टारले खेल अबधिभर बंगलादेशलाई दवावमा राखेको थियो ।

पहिलो हाफको ४० औं मिनेटसम्मको खेलमा बंगलादेशका रक्षकहरुले सम्हाले पनि त्यसपछि भने गोलको वर्षातलाई रोक्न सकेनन् ।

थ्री स्टारका विश्वास श्रेष्ठले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरे । उनले पहिलो हाफको ४६ औं, ६६ औं र ७५ औं मिनेटमा गोल गर्दै ह्याट्रिय पुरा गरे ।

खेलमा म्यान अफ द म्याच समेत बनेका श्रेष्ठले आफुलाई प्रतियोगिताकै सर्वाधिक गोलकर्ताको दावेदारीमा दरिलो बनाए ।

थ्री स्टारको तर्फबाट ४१ औं मिनेटमा विशाल गुरुङ्गले तथा ४४ औैं मिनेटमा निराजन खड्काले गोल गरेका थिए । बंगलादेशले भने थ्री स्टारको गोलपोष्टमा एउटै पनि ठोस प्रहार गर्न सकेन ।

प्रतियोगिता अन्तर्गत बिहीबार विभागीय टोली नेपाल पुलिस क्लव र धरान–११ बिच दोश्रो सेमिफाइनल खेल हुनेछ ।

पुलिसले मनाङ्ग मस्र्याङ्गदीलाई ३–१ गोलले तथा धरानले नेपाली सेनाको त्रिभुवन आर्मी क्लवलाई टाई ब्रेकरमा ५–४ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्