२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


अष्ट्रेलिया यु–१९ विश्वकप क्रिकेटको फाइनलमा


0
Shares

सोमबार न्यूजिल्यान्डको क्राइस्टचर्चमा भएको सेमिफाइनल खेलमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि भिडन्त तय गरेको हो ।

खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले इक्रम अली खिलको सर्वाधिक ८० रनको मद्दतले ४८ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको थियो ।

बलिङतर्फ अष्ट्रेलियाका जोनाथन मेर्लोले ४ विकेट लिए ।

जवाफमा अष्ट्रेलियाले ३७ ओभर ३ बलमै ४ विकेटको क्षतिमा विजय हासिल गर्‍यो । ‘म्यान अफ द म्याच’ घोषित ज्याक एड्वार्डस्ले ६५ बलमा ७२ रनको योगदान दिए ।

अर्को सेमिफाइनलमा भारत र पाकिस्तानबीच मंगलबार भिडन्त हुनेछ ।