
मिनेर्भा पन्जाब फुटबल क्लबबाट उत्कृष्ट प्रदर्शन गर्दै किरणले मंगलबार इस्ट बेंगाल फुटबल क्लबविरुद्धको खेलमा एउटा पेनाल्टी प्रहारसमेत बचाउन सफल भए ।
यो खेल २-२ गोलको बराबरीमा सकिएको थियो । त्यसअघि, खेलमा उनले विपक्षीका केही सशक्त प्रहारलाई विफल पारिदिएका थिए ।
म्यान अफ द म्याच बनेका किरणले ४० हजार रुपैयाँ पाएका छन् । सो क्लबबाट किरणको यो दोस्रो खेल हो ।
मिनेर्भा १२ खेलबाट २७ अंकसहित भारतीय घरेलु लिगको शीर्ष स्थानमा कायमै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्