काठमाडौं, जेठ २३ । विश्वकप फुटबलको तयारीमा रहेको अर्जेन्टिनाले इजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द गरेको छ । इजरायल र प्यालेस्टाईनबीचको सदाबहार तनाव र गाजा क्षेत्रमा ईजरायली सेनाको ज्यादतीबारे प्रश्न उठेपछि अर्जेन्टिनाले अभ्यास खेल रद्द गरेको हो । राजनीतिक र अन्य केही दबाबले विश्वकप पूर्व ईजरायलसँग खेल्ने तय भएको अभ्यास खेल रद्द गर्नुपरेको अर्जेन्टाइनी खेलाडी गोन्जाले…