५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024


‘सोचेजस्तो परिणाम आएन’


0
Shares

काठमाडौं, साउन ४ । प्रिसिजन टुरका लागि अमेरिका पुगेको इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडले पहिलो खेलमा बराबरी गरेको छ ।

अमेरिकाको एरिजोनामा भएको खेलमा म्यानचेस्टर युनाइटेडले मेक्सिकोको क्लब अमेरिकासँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको ५९औं मिनेटमा क्लब अमेरिकाका हेन्री मार्टिनले पहिलो गोल गरे । ७८औं मिनेटमा स्पेनिस खेलाडी हुँवा माटाले एक गोल फर्काउँदै खेल बराबरी गरे ।

आफ्ना स्टार खेलाडीहरुबिना नै अमेरिका भ्रमणमा निस्किएको म्यानचेस्टर युनाइटेड पहिलो खेलमा बराबरीमा रोकिएपछि प्रशिक्षक जोजे मौरिन्होले आफूले सोचेजस्तो परिणाम नआएको प्रतिक्रिया दिएका छन् ।

अमेरिका भ्रमणमा निस्किएको यो टोलीमा रोमेलु लुकाकु, पउल पोग्बा, मार्कस रास्फोर्ड, जेस्सी लिङ्गार्ड, अलेक्सिस सान्चेज, डेभिड डे गिया, नेमान्जा माटिचलगायतका खेलाडी छैनन् ।