१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


क्रिकेटर शक्ति गौचनद्वारा सन्न्यासको घोषणा


0
Shares

काठमाडौं, साउन २ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले आसन्न युरोप ‘टुर’पछि सन्न्यास लिने भएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गौचनले नेदरल्यान्ड्सविरुद्धको ऐतिहासिक एक दिवसीय क्रिकेट शृंखलापछि सन्न्यास लिने घोषणा गरेका हुन् ।

तर, गौचनको सन्न्यासको आधिकारिक घोषणा भने नेपालमा हुने कुनै अन्तर्राष्ट्रिय खेलकाक्रममा गरिनेछ ।

सम्भवतः नेपालले अब आयोजना गर्ने सिनियर टोलीको पहिलो अन्तर्राष्ट्रिय खेलबाटै ३४ वर्षीय गौचनको सन्न्यास हुनसक्छ ।

गौचनले नेपालको राष्ट्रिय क्रिकेट टोलीबाट लगातार १६ वर्ष खेलेका छन् । सन् २००२ मा राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका गौचन नेपालका सफल खेलाडीहरुको सूचीमा अग्रपंक्तिमा आउँछन् ।

उनी हाल बुटवलस्थित न्यू होराइजन स्कुलका क्रिकेट प्रशिक्षक पनि हुन् ।

राष्ट्रिय टोलीबाट सन्न्यास लिएपनि आफ्नो जीवन क्रिकेटमा नै समर्पण गर्ने गौचनको योजना छ ।