
झापा, असार ३२ । गत फागुन १९ देखि २८ गतेसम्म झापाको बिर्तामोडमा सन्चालित झापा गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय चार महिनापछि सार्वजनिक गरिएको छ ।
दाताबाट समयमै रकम संकलन नभएकाले आय–व्यय सार्वजनिक गर्न ढिलाइ भएको झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले बताए ।
सोमबार बिर्तामोडमा झापा गोल्डकपको मूल आयोजक समितिले पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको विवरणअनुसार सो प्रतियोगिताबाट १८ लाख ९८ हजार ७४ रुपैयाँ बचत भएको छ ।
प्रतियोगिताबाट कुल १ करोड २३ लाख ५ हजार ८५० रुपैयाँ आम्दानी र १ करोड ४ लाख ७ हजार ७७६ रुपैयाँ खर्च भएको जनाइएको छ ।
तेस्रो संस्करणको झापा गोल्डकपको बचत दोस्रो संस्करणको तुलनामा कम रहेको अध्यक्ष गिरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्