६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा


0
Shares

काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले छनोट गरेको अन्तिम टोलीमा लामो समयपछि सुवास खकुरेलले पुनरागमन गरेका छन् ।

१५ सदस्यीय टोलीमा सुवास र कप्तान पारससंगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषावकर, अनिलकुमार साह, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल, सोमपाल कामी, मोहम्मद आरिफ शेख र सन्दीप लामिछाने रहेका छन् ।

त्यसैगरी चार खेलाडीहरु सुनील धमला, सुसन भारी, विनोद भण्डारी र प्रदीप ऐरी रिजर्भका रुपमा रहेका छन् ।

नेदरल्याण्ड्ससँग एक दिवसीय क्रिकेट खेल्नुअघि नेपालले विश्वकै पुरानो क्लव मेरेलीबोन क्रिकेट क्लब एमसीसीसंग एउटा खेल खेल्नेछ ।

त्यसपछि नेपालले नेदरल्याण्ड्ससंग उसकै भूमिमा पहिलो पटक दुई वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।