Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


एक्स्ट्रिम इनर्जी ड्रिंकका पाँच नयाँ फ्लेभर बजारमा, उपभोक्ताले रोज्न पाउनेछन् फरक स्वाद


0
Shares

काठमाडौं । इनर्जी ड्रिंक बजारमा आफ्नो उपस्थिति थप फराकिलो बनाउँदै एक्स्ट्रिमले पाँच नयाँ स्वादका उत्पादन सार्वजनिक गरेको छ । यससँगै एक्स्ट्रिमका पारखीले एउटै ब्रान्डअन्तर्गत विभिन्न स्वादका पेय पदार्थ छनोट गर्न पाउने भएका छन् ।

कम्पनीले उपभोक्ताको बदलिँदो रुचि र स्वादको मागलाई मध्यनजर गर्दै नयाँ फ्लेभरहरू बजारमा ल्याएको जनाएको छ ।

नयाँ स्वादमध्ये ग्रिन एप्पलमा आधारित फ्लेभरलाई ‘ग्रिन म्यानियाक’, मस्कट अंगुरको स्वादलाई ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको सम्मिश्रणलाई ‘ट्रपिकल पञ्च’ नाम दिइएको छ ।

त्यसैगरी रास्पबेरी स्वादमा ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ सार्वजनिक गरिएको छ ।

नयाँ उत्पादनमार्फत उपभोक्ताले आफ्नो स्वाद र रुचिअनुसार पेय पदार्थ छनोट गर्न थप विकल्प पाउने कम्पनीको अपेक्षा छ । फरक स्वाद र आकर्षक नामसहित बजारमा आएका यी उत्पादनले ग्राहकको ध्यान खिच्ने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीका अनुसार पाँचवटै नयाँ फ्लेभरको बिक्री तथा वितरण सुरु भइसकेको छ । उपभोक्ताको मागअनुसार उत्पादनमा विविधता थप्दै बजारमा आफ्नो दायरा विस्तार गर्ने एक्स्ट्रिमको योजना छ ।