गएराति न्यूकासल युनाईटेडको मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन म्याट रिचीले निर्णायक गोल गरे । गएरातिको हारसँगै न्युकासलको मैदानमा पहिलो जित हात पार्ने म्यान्चेस्टर युनाईटेडका प्रशिक्षक जोजे मौरिन्होको सपना अपुरै रह्यो । मौरिन्होले प्रशिक्षकको रुपमा उक्त मैदानमा एउटा पनि खेल जितेका छैनन् । गएराति भएको अर्को खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २-० ले…