२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


आइसीसी डिभिजन–२ क्रिकेटमा नेपालद्वारा युएई चार विकेटले पराजित


0
Shares

                                                        तस्वीर : रमन सिवाकोटी

वर्षाले ३४ ओभरमा झारिएको खेलमा नेपालले पाएको ११५ रनको सामान्य लक्ष्य ३१ बल बाँकी छँदै पुरा गरेको हो ।

यसअघि नेपालले टस जितेर कसिलो बलिङ्ग गरेको थियो । नेपाली बलरहरु हावी भएपछि युएई ३१ ओभरमै अलआउट हुँदै ११४ रनमा समेटियो । साइमान अनवरले सर्वाधिक ३० रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामीले ३० रन खर्चेर ४ तथा सन्दीप लामिछानेले ३० रन खर्चेर ३ विकेट लिए । त्यस्तै पारस खड्काले २ तथा करण केसीले १ विकेट झारे ।

नेपालको ब्याटिङमा कप्तान पारश खड्काले अर्द्धशतक बनाएका थिए । उनले ४८ बलको सामना गर्दै सर्वाधिक ५१ रन बनाए । त्यस्तै आरिफ सेखले १६, रोहितकुमार पौडेलले १२ तथा सोमपाल कामीले १० रन बनाए ।

यसअघि पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपाल दोस्रो खेलमा भने ओमनसँग ६ विकेटले पराजित भएको थियो ।

६ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष दुईमा रहने टोली अर्को महिना जिम्बाबेमा हुने विश्वकप छनोटमा खेल्न पाउने छन् ।