विश्व क्रिकेट लिगमा आज नेपाल र युएई भिड्ने, दुबै टोली दोस्रो जितको खोजीमा • Image Khabar Image Khabar


विश्व क्रिकेट लिगमा आज नेपाल र युएई भिड्ने, दुबै टोली दोस्रो जितको खोजीमा


Imagekhabar
२८ माघ २०७४, आईतवार ०९:५२

विश्व क्रिकेट लिगमा आज नेपाल र युएई भिड्ने, दुबै टोली दोस्रो जितको खोजीमा

प्रतियोगितामा सुरुवाती दुई खेलमध्ये एकमा जित र एकमा हार ब्यहोरेको नेपाल आज दोस्रो जितको खोजीमा छ ।

प्रतियोगिताको सुरुवाती खेलमा आयोजक नामिबियालाई हराएको नेपाल दोस्रो खेलमा भने ओमनसँग ६ विकेटले पराजित भएको थियो ।

उता युएईले भने पहिलो खेलमा केन्यालाई २ सय १८ रनले हराउँदा दोस्रो खेलमा क्यानाडासँग २३ रनले हारेको थियो ।

दुई खेलबाट समान २÷२ अंक जोडेको युएई र नेपाल रन रेटको आधारमा क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् ।

आजको खेल जित्ने टोली शिर्ष दुई भित्रै रहने संभावना बलियो हुनेछ ।

नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे नामिबियाको विन्डहकमा सुरु हुनेछ ।

प्रतियोगितामा सुरुवाती दुई खेल जित्दै क्यानाडा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्