
शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा आयोजक नवजनजागृति युवा क्लबलाई ‘टाइब्रेकर’मा पराजित गर्दै मोरङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
निर्धारित् ९० मिनेटको समयमा दुवैतर्फबाट एक/एक गोल भएपछि खेल सीधै टाइब्रेकरमा लगिएको थियो ।
पेनाल्टी सुटआउटमा ४–१ को जित निकाल्दै मोरङ सेमिफाइनलमा पुग्न सफल भयो । मोरङका निरज बस्नेत, बुद्धिमान राई, विक्रम लिम्बू र दीपक राईले गोल गर्दा आयोजक टिमका विजय श्रेष्ठलेमात्र गोल गरे ।
त्यसअघि, निर्धारित् समयमा आयोजक टिमका तर्फबाट विजय श्रेष्ठ र मोरङका भुवन बस्नेतले एक/एक गोल गरेका थिए ।
खेलको ‘म्यान अफ दी म्याच’ आयोजक टिमका सुरजसिंह ठकुरी घोषित भए ।
प्रतियोगिताअन्तर्गत् आइतबार त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्