२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सूर्योदय नगर कपको उपाधि फिक्कलले जित्यो


0
Shares

शनिबार भएको फाइनल खेलमा ‘टाइब्रेकर’मा पञ्चकन्या एफसीलाई हराउँदै फिक्कलले उपाधि चुमेको हो ।

निर्धारित् समयमा दुवैतर्फबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

उपाधिसँगै फिक्कलले एक लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता बनेको पञ्चकन्याले ५० हजारमा चित्त बुझायो ।

नगर क्षेत्रका जिल्ला फुटबल संघमा आवद्ध विभिन्न १६ ओटा टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए ।