काठमाडौ । काठमाडौ महानगरपालिकाले सडकपेटी लगायत सार्वजनिक स्थानमा जथाभावी निर्माण सामग्री छोड्नेलाई कारवाही गर्ने भएको छ । महानगर उपप्रमुख सुनिता डंगोलले निर्माण सामग्री छाड्नाले आवागमन, शहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि कारवाहीको निर्णय लिएको जानकारी दिनुभयो । यो नियम बुधबारबाट लागु हुने महानगरले जनाएको छ । सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा बिभिन्न प्रकृतिको निर्माणकार्य…