काठमाडौं । आज राति उल्का वर्षा हुने भएको छ ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार उल्का वर्षा पुस १३ गतेदेखि भईरहेको भए पनि आज राति ठूलो मात्रामा उल्का वर्षा हुने छ ।
आज राति हुने अत्यधिक उल्का वर्षा प्रतिघण्टा ५० देखि १२० वटासम्म करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिने छन् । उल्का वर्षा पुष २८ गतेसम्म सक्रिय रहने छ ।
प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट उल्का वर्षा हेर्न सकिने तथा उल्का वर्षा हेर्नका लागि कुनै उपकरण आवश्यक नपर्ने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलसंग तीव्र गतिले ठोक्किएर जल्ने प्रक्रिया नै उल्का वर्षा हो ।
उल्का वर्षालाई नेपालीमा तारा खसेको भन्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्