१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र मिलेर जानुपर्छ : उपाध्यक्ष अधिकारी


260
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिव अधिकारीले अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्रसँगै मिलेर जानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौ वार्षिक साधारण सभामा बोल्दै उपाध्यक्ष अधिकारीले यस्तो बताउनुभएको हो ।

उपाध्यक्ष अधिकारीले मुलुकको वर्तमान अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र एक्लैले नसक्ने बताउनुभयो । उहाँले सरकार र निजी क्षेत्र एकसाथ हिँड्दा अर्थतन्त्र सकारात्मक दिशामा जाने विश्वास जनाउनुभयो ।

उपाध्यक्ष अधिकारीले पछिल्लो अर्थतन्त्रका विषयमा सबैले आफ्नो अनकुलको व्याख्या गर्दै आएकाले छुट्टै बहसको आवश्यकता रहेको बताउनुभयो । उहाँले अर्थतन्त्र चलायमान बनाउन कस्तो मकानिजम,सञ्चालन र नियमनकारी निकाय कस्तो बनाउने विषयम छलफल गर्न आवश्यक रहेको उल्लेखब गर्नुभयो ।

उपाध्यक्ष अधिकारीले सरकारले अर्थतन्त्रको सुधारको काम गर्न नसक्ने अवस्था भए निजी क्षेत्र पनिसँगै लिएर जानुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले अर्थतन्त्रलाई बुस्टिङ गर्न आवश्यक रहेको भन्दै उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनले त्यो काम गर्ने विश्वास रहेको बताउनुभयो । उहाँल मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रको एकल प्रयासले मात्रै सम्भव नभएको बताउनुभयो ।