२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


कीर्तिपुरमा खोला छोपेर ह्यूमपाईप जडान


5.512k
Shares

काठमाडौं । काठमाडौं कीर्तिपुर हुँदै बग्ने चिखु खोलालाई ह्यूमपाईपभित्र पठाएर खोलाकै अस्तित्व मेटाईएको छ ।

कीर्तिपुर नगरपालिका वडा नं ५ र ९ मा चिखु खोला पुरेर ह्यूमपाईप जडान गरिएको हो ।

बागमति प्रदेश सरकारको आर्थिक सहयोगमा ऐतिहासिक हनुमानघाटसम्म नै ह्यूमपाईप विछ्याएर खोलाको अस्तित्व मेटिएको हो ।

कीर्तिपुरवासी नजरराम महर्जनले सदियौंदेखि बग्दै आएको चिखुखोलाको अस्तित्व नै मास्नेगरी विकासको नाममा विनास गरिएको बताउँछन् ।

स्थानीयवासीले खोला नपुर्न भन्दा भन्दै पनि बेवास्ता गरिएको गुनासो गरेका छन् । खोलाई ह्युमपाइपभित्र छिराइएकाले बर्षायाममा भने ठूलो समस्या आउन सक्ने चिन्ता स्थानीयलाई रहेको छ ।