काठमाडौं । काठमाडौं उपत्यकासहितको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरुबीच विवाद भएको छ ।
सिंहदरबारमा शुक्रबार सूचना तथा सञ्चारमन्त्री ड. विक्रम तिमिल्सनाले बञ्चरेडाँडमा फोहोर व्यवस्थापन गर्दै आएका काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुसँगको छलफल राख्नुभएको हाे । उक्त छलफल कार्यक्रममा स्थानीय तहका प्रमुखहरु र सांसद तामाङबीच चर्काचर्की भएकाे छ।
सांसद तामाङले बैठकमा प्रभावित स्थानीय तहका प्रमुखहरु उपस्थित नभएको तथा उपस्थित प्रतिनिधिहरुलाई समेत घर जान हतार भएको टिप्पणी गरेपछि विवाद शुरु भएको हो । बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सांसद तामाङको शैली आक्रामक भएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले स्थानीय तहहरुमाथि खनिनुभन्दा फोहोर व्यवस्थापनको इतिहास अध्ययन गर्न समेत सांसद तामाङलाई आग्रह गर्नुभएकाे थियाे ।
लगत्तै सांसद तामाङले ‘छलफल यहाँ नभई बञ्चरेडाँडामा हुन्छ भन्दै टेबल ठोक्नुभएकाे हाे। स्थानीय तहका प्रमुखहरुसँगको विवाद उत्कर्षमा पुगेपछि सांसद तामाङ छलफल कक्षबाट बाहिरिनुभयो । सांसद तामाङ बाहिरिएपछि स्थानीय तहका प्रमुखहरुले कार्यक्रम संयोजन प्रभावकारी हुन नसकेको गुनासो गरेका थिए ।
प्रमुखहरुले आइन्दा संयोजन प्रभावकारी बनाउन समेत मन्त्री तिमिल्सिनाको ध्यानाकर्षण गराएका छन् ।









प्रतिक्रिया दिनुहोस्