Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


पूर्वसभापति देउवाले १५ औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा पेश गरेको रिट फिर्ता

देउवाका वारेस आएर रिट फिर्ता लगेको सर्वोच्च प्रशासनद्वारा जानकारी

0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले पेश गरेको रिट कार्यालय समय सकिने समयमा सर्वोच्च अदालतबाट फिर्ता लगिएको छ ।

सर्वोच्चमा पेश भएको रिट ‘करेक्सन’ का लागि भन्दै फिर्ता लगिएको हो । पूर्वसभापति देउवाले शुक्रबार दिउँसो वारेसमार्फत सर्वोच्चमा रिट पेश गर्नुभएकाे थियाे । सर्वोच्च अदालत प्रशासनले भने अध्ययनकै क्रममा विचाराधीन अवस्थामा राखेको थियो । सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले साँझमा देउवाका वारेस आएर रिट फिर्ता लगेको जानकारी दिनुभयाे ।

नेपाली कांग्रेसको केन्द्रीय समितिले आगामी असोजमा पार्टीको महाधिवेशन गर्ने कार्यतालिका प्रकाशित गरिसकेको छ । उक्त महाधिवेशन रोक्नुपर्ने मागसहित नेपाली कांग्रेसका पूर्वसभापति देउवाले वारेसमार्फत सर्वोच्च प्रशासनमा रिट पेश गर्नुभएकाे थियाे ।