Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


मतदाता नामावली अद्यावधिक गर्न आयोगको आग्रह


0
Shares

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न आग्रह गरेको छ ।

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अद्यावधिकका लागि आगामी असोज १ गते वेबसाइटमा मतदाता नामावली प्रकाशन गरिरहेकाे जनाएकाे हाे । उक्त मतदाता नामावलीमा रहेका विवरण यथार्थ र अद्यावधिक बनाउन सम्बन्धित मतदाताको समेत महत्त्वपूर्ण भूमिका रहने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई बताउनुभएकाे छ।

त्यसैले आवश्यक सूचनासहित सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइन मार्फत निवेदन दिई सहयोग गर्न उहाँले विज्ञप्तिमार्फत अनुरोध गर्नुभयाे। मतदाता नामावलीमा आफ्नो नाम, थर, उमेर, ठेगाना लगायत विवरणमा भएको त्रुटि सच्याउनुपर्ने भएमा तथा कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भएमा सूचना दिन भनिएको छ ।

त्यस्तै, कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश रहेको भए एक स्थानमा मात्र कायम गर्न, बसाइँसराइ गरी वा विवाह भई स्थायी ठेगाना परिवर्तन भएको भएमा सोही बमोजिम मतदाता नामावलीमा ठेगाना अद्यावधिक गर्न आयोगले आग्रह गरेकाे हाे।