सन्तोष पुर्कुटी ताप्लेजुङ, भदौ २५ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ३ स्थित लिङ्खिमको ठौवामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । आज बिहान करिव ९ बजे अचानक आगलागी हुँदा स्थानीय दलबहादुर विश्वकर्माको घर जलेर पुर्णरुपमा नष्ट भएको स्थानीय तेज बराईलीले जानकारी दिए । घरसहित घरभित्र रहेका सम्पुर्ण सामाग्री जलेर नष्ट भएको छ ।…