७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


आगलागीबाट एउटा घर सखाप


0
Shares

सन्तोष पुर्कुटी

ताप्लेजुङ, भदौ २५ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ३ स्थित लिङ्खिमको ठौवामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।

आज बिहान करिव ९ बजे अचानक आगलागी हुँदा स्थानीय दलबहादुर विश्वकर्माको घर जलेर पुर्णरुपमा नष्ट भएको स्थानीय तेज बराईलीले जानकारी दिए ।

घरसहित घरभित्र रहेका सम्पुर्ण सामाग्री जलेर नष्ट भएको छ । प्रहरीको टोली घटनास्थलमा पुगेको छ भने क्षतिको विवरण समेत संकलन भईरहेको बताईएको छ । 

बिजुली सर्ट भई आगलागी भएको बताइएको छ । पीडित परिवार भने छिमेकीको शरणमा छन् ।