२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024


गोरखा फुजेलका अधिकारी हत्या अभियोगमा सफाइ पाएका पौडेल रिहा


0
Shares

काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको अभियोगबाट सफाइ पाएका छविलाल पौडेल कारागारबाट रिहा भएका छन् ।

चितवन अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इसलासले १३ जना प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला गरेसँगै पौडेल आज बिहानै डिल्लीबजार कागारारबाट रिहा भएका हुन् ।

अधिकारीको हत्या आरोप खेपेका अधिकारीलाई गत असार २५ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि जेल चलान गरिएको थियो ।

त्यसको करिब २ महिनापछि पौडेलसहित १२ ले सफाइ पाएका हुन् । मुद्दा खेपेका १२ मध्ये छविलाल जेल परे पनि अन्य भने पक्राउ परेका थिएनन् ।

रिहा भएका पौडेललाई स्वागत गर्न उनका समर्थक बाजागाजासहित डिल्लीबजार कार्यालय पुगेका थिए ।