२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024


आधिकारिक नक्सा र निशान छापमात्र प्रयोग गर्न निर्देशन, यस्तो छ त्रुटी


0
Shares

काठमाडौं, भदौ २४ । सरकारले नेपालको गलत नक्सा र निशान छाप प्रयोग नगर्न सरकारी कार्यालय, शैक्षिक संस्था र सञ्चारमाध्यमहरुलाई निर्देशन दिएको छ ।

भूमिसुधार मन्त्रालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नापी विभागले प्रकाशन गरेको आधिकारिक नक्सा र निशान छापमात्र प्रयोग गर्न निर्देशन दिएको हो । नेपालको गलत नक्सा प्रयोग भइरहेको भन्नेबारे विभिन्न सञ्चार माध्यम र धेरै ठाउँबाट गुनासा आएपछि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले सबैलाई सही नक्सा र निशान छाप प्रयोग गर्न आग्रह गरिन् ।

सबै सरकारी कार्यालयलाई यस विषयमा पत्राचारसमेत गरिने मन्त्री अर्यालले जानकारी दिइन् ।

मन्त्री अर्यालले गलत नक्सालाई विस्तापित गर्दै आधिकारिक नक्सा स्थापित गर्न अनुगमन गरिने बताइन् ।

उनले अनुगमनका लागि परराष्ट्र मन्त्रालयका सचिवसमेत रहेको समिति बनाइने जानकारी दिइन् । सबैभन्दा पहिला सरकारी कार्यालयहरुबाटै प्रयोग भइरहेको त्रुटिपूर्ण नक्सा हटाईने उनको भनाइ थियो ।