Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


स्वास्थ्यसचिव डा. चौधरी प्रधानमन्त्री कार्यालयमा सरुवा

काठमाडौं, कात्तिक ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएकी छन् । सरुवाका विषयमा सचिव डा. चौधरीले कुनै प्रतिक्रिया दिन चाहिनन् । केही दिनअगाडि सरकारले उनलाई सरुवा गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । रासस