
कल्पना बोहरा (इमेज)
अछाम, कात्तिक ७ । अछाममा बुधबार ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।
सदरमुकाम मंगलसेनबाट जयगढतर्फ आउँदै गरेको लु१त ५१०१ नम्बरको ट्याक्टर डाँडाघरनजिक दुर्घटना भएको हो ।
दुर्घटनामा परी मंगलसेन नगरपालिका–४, नागातोलाकी अन्दाजी ३५ वर्षीया मैनादेवी धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बान्नीगढी जयगढ गाउँपालिका–४, तिमिल्सेनमा बुधबार लाग्ने बडादसैंको मेला हेर्न आउनेक्रममा ट्याक्टर दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनामा पाँचजना गम्भीर घाइते भएका छन् । अरु १३ जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए ।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन र बयलपाटा अस्पतालमा ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्