८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


झापालाई मदिरा नियन्त्रित जिल्ला बनाइने


0
Shares

झापा, कात्तिक ७ । झापालाई आगामी माघ १ गतेदेखि मदिरा नियन्त्रित जिल्ला बनाइने भएको छ ।

समाजमा हुने आपराधिक क्रियाकलापदेखि सडक दुर्घटना बढ्नुमा मदिरा कारक रहेको ठहर गर्दै जिल्लालाई मदिरा नियन्त्रित जिल्ला बनाउने अभियान सुरु गरिएको हो ।

मदिराजन्य वस्तु नियन्त्रण गरे आपराधिक क्रियाकलाप धेरै घट्ने भएकाले यो कार्यक्रम लागू गर्न लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीमप्रसाद ढकालले बताए ।

मदिरा बिक्री गर्ने समय निर्धारण गर्ने, तोकिएको उमेर समूहका व्यक्तिलाईमात्र बिक्री गर्ने र किन्नेको परिचयपत्र अनिवार्य गर्नेलगायतका विषयसहित १२ बुँदे नियमावली बनाइएको छ ।