अपडेटः काभ्रे, कात्तिक १० । काभ्रेको मन्डनदेउपुर नगरपालिका–६, ढकालथोकमा शनिबार एक जिप दुर्घटना हुँदा नेपाल प्रहरीका डीआइजीसहित तीनजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । बा३च २८७ नम्बरको जिप दुर्घटना भएको हो । मृत्यु हुनेमा नेपाल प्रहरीका डीआइजी सुशीलकुमार भण्डारी, मन्डनदेउपुर–४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका–१० का विनोद कार्की रहेको स्थानीय वडाध्यक्ष…