
विवेक खड्का (इमेज)
दाङ, कात्तिक ७ । दाङमा एक युवकको शव फेलापरेको छ ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर–१ स्थित राप्ती नदीको किनारमा निर्माण गरिएको तटबन्धमा शव फेलापरेको हो ।
बुधबार तटबन्धमा झुन्डिएको अवस्थामा शव फेलापरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक रवीन्द्र पाण्डेले बताए ।
उनकाअनुसार घटना शंकास्पद रहेको छ ।
अन्दाजी ४० वर्षकोजस्तो देखिने शवको सनाखत हुनसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्