५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023


जुम्लामा जिप दुर्घटना, एकै परिवारका तीनजनाको मृत्यु, चार गम्भीर


0
Shares

कृष्ण बोहोरा (इमेज)

जुम्ला, कात्तिक ७ । जुम्लाको बड्कीमा बुधबार जिप दुर्घटना हुँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा जुम्लाको तिला गाउँपालिकाकी ३२ वर्षीया जानकी सार्की, उनका श्रीमान् २६ वर्षीय लाले सार्की र ८ महिने छोरी महिमा सार्की रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

गम्भीर घाइते चारजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बा१ज ८६५ नम्बरको जिप हिमा गाउँपालिका–१, बड्कीमा दुर्घटना हो ।

जुम्लाको खलंगादेखि सुर्खेतका लागि छुटेको भे१ज ८६५ नम्बरको बुलबुले यातायातको जिप बिरामी लिन सिंजाको नराकोट पुगेर फर्कनेक्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी सिताराम रिजालले जानकारी दिए ।

दुर्घटनाग्रस्त जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।