१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


वृद्धामाथि मरणासन्न हुनेगरी कुटपिट


0
Shares

गाईघाट, कात्तिक ७ । उदयपुरगढी गाउँपालिका–५, मौवाबोटमा एक वृद्धालाई जग्गा विवादका विषयमा स्थानीय छिमेकीले बुधबार मरणासन्न हुनेगरी कुटपिट गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरकाअनुसार ७५ वर्षीया उनको जग्गामा अन्य छिमेकीले सीमा मिच्ने र गाईवस्तु फुकाएर लगाइदिने गरेपछि विवाद हुँदा देवहादुर राई, भक्ति राई र गर्भ राईले कुटपिट तथा गालीगलौज गरेर दिसा–पिसाबसमेत शरीरमा लगाइदिएको प्रहरीले जनाएको छ ।

पीडित वृद्धाको शरीरभरि घाउ र नीलडाम रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख चन्द्रदेव राईले बताए ।

वृद्धाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । रासस