काठमाडौं, भदौ २१ । नेपाल पत्रकार महासंघले देवानी र फौजदारी संहिताले प्रेस स्वतन्त्रतालाई खुम्चाएको भन्दै संशोधनको पहल गर्न सभामुख कृष्णबहादुर महरालाई आग्रह गरेको छ । महासंघका पदाधिकारीहरुले बिहीबार सभामुख महरालाई उनकै कार्यकक्षमा पुगी देवानी र फौजदारी संहितामा रहेका त्रुटि सच्याउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानले प्रत्याभूत गरको…