काठमाडौं, वैशाख २७ । नेपाल पत्रकार महासंघले प्रस्तावित मिडिया काउन्सिलसम्बन्धी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । महासंघको शुक्रबार बसेको आकस्मिक बैठकले विधेयकका प्रावधानप्रति गम्भीर आपत्ति जनाउँदै फिर्ता लिन सरकारसँग माग गरेको हो । महासंघ, प्रेस काउन्सिलसहित सरोकारवाला पक्षसँगको छलफल र सहमतिविना संसद सचिवालयमा दर्ता गरिएको विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा…