काठमाडौं, वैशाख २७ । काठमाडौंको चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ ।
धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले हिजो यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानार्कषण गरेका थिए ।
सडकमा उत्रिएका आन्दोलनकारी र सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड बिल्डर्सबीच ६ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको छ ।
स्थानीय बासिन्दा, व्यापारी तथा उक्त सडकखण्ड कालोपत्र गर्ने ठेकेदारबीच भएको सम्झौताअनुसार आइतबारदेखि नै कालोपत्र गर्ने काम ठेकेदार कम्पनीले सुरु गर्ने सहमति भएको छ । कालोपत्र गर्नु पूर्व रोलर लगाउने, सवबेस, बेस बनाउने काम काम तत्कालै सुरु गर्ने सहमति भएको छ । सहमतिसँगै स्थानीयले गरेको आन्दोलन पनि स्थगित भएको छ ।









प्रतिक्रिया दिनुहोस्