७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


जंगली हात्ती मृत भेटियो


0
Shares

भद्रपुर, भदौ २१ । मेचीनगर नगरपालिका–९ स्थित एक किसानको धानखेतमा बिहीबार बिहान जंगली हात्ती मृत फेलापरेको छ ।

स्थानीय किसान रोहितकुमार ढुंगानाको खेतमा दुवै दाह्रा हिलोमा जोतिएको अवस्थामा हात्ती मृत फेलापरेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

एक महिनाअघि मेचीनगर–३ कै पाँचपोखरी सामुदायिक वनमा अर्को हात्ती मरेको भेटिएको थियो । रासस