
महोत्तरी, भदौ २० । महोत्तरीमा गत साता ७ महिने बालिकाको हत्या गर्नेलाई कारबाही हुन नसकेको भन्दै बुधबार औरहीमा मौनजुलुस प्रदर्शन गरिएको छ ।
बालिकाको हत्या भएको १० दिन भइसक्दा पनि अपराधी पक्राउ नपरेकाले स्थानीयहरुले मौनजुलुस प्रदर्शन गरेका हुन् ।
उनीहरुले जतिसक्दो चाँडो अपराधीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्