
बासुदेव बर्मा
कपिलबस्तु, भदौ २१ । कपिलबस्तुको शुद्धोधन गाउँपालिकाले शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई ह्विल चेयर वितरण गरेको छ ।
गाउँपालिकाले आफ्नो बजेटको केही रकमबाट उनीहरुलाई ह्विल चेयर वितरण गरेको हो । ह्विल चेयर पाएसँगै हिँडडुल गर्न सहज भएको भन्दै उनीहरुले स्थानीय सरकारलाई धन्यवाद दिएका छन् ।
गाउँपालिकाभित्रका ६ जना अशक्त नागरिकलाई बुधबार ह्विल चेयर वितरण गरिएको थियो । गाउँपालिकाले जानुका भण्डारी, राजाराम लोध, अजरुद्दिन डफाली, रामशिव लोहार, रामअवतार पासी र मनोज कुमार मुराउलाई ह्विल चेयर उपलब्ध गराएको हो ।
गाउँपालिकाका सबै वर्ग, समुदायप्रति उत्तरदायी रहेको र उनीहरुको दैनिक जीवनलाई सहज बनाउन हरदम तयार रहेको शुद्धोधन गाउँपालिकाका प्रमुख निसार अहमद खांले बताए ।
प्रतिक्रिया दिनुहोस्