काठमाडौं, असोज २९ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको संगठन समयसापेक्ष सुदृढ भइरहेको बताएका छन् । सोमबार सैनिक मुख्यालय जंगीअड्डामा भएको पूर्वप्रधानसेनापति र रथीहरुसँगको छलफलमा प्रधानसेनापति थापाले सेनाको क्षमता विकास पनि भइरहेको बताए । कार्यक्रममा विभिन्न विभागका प्रमुखहरुले राष्ट्रिय सुरक्षाको चुनौती, सेनाको संरचना, नीति तथा भावी योजना, अपरेसनल र कल्याणकारी योजनाको विषयमा बताएका थिए ।…