कपिलवस्तु, असार १ । कपिलवस्तुको विजयनगर गाउँपालिकाले वडा नं. ७ का उत्कृष्ट विद्यार्थीलाई साइकल वितरण गरेको छ । वडा नंं ७ का सम्पूर्ण विद्यालय र मदरसाका कक्षा तथा वडास्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको हो । त्यस्तै विद्यालयमा बढी हाजिर भएका विद्यार्थीलाई झोला र कापी दिई सम्मान गरिएको हो ।…