१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


सडक सुरक्षामा यसरी खटिएको छ ट्राफिक प्रहरी (भिडियो)


0
Shares

दीपक श्रेष्ठ/भरत केसी/लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, असोज २९ । नेपालीहरुको महान् चाड बडादशैं मनाउन घर जानेहरुको ओहोर–दोहोर केही दिनयता व्यापक बनेको छ ।

काठमाडौं उपत्यकाबाटमात्रै दैनिक हजारौं मानिस बाहिरिएका छन् । देशका अरु स्थानमा पनि त्यस्तै चाप छ ।

जसका कारण ट्राफिक प्रहरीलाई पनि सडक सुरक्षा गर्न भ्याइ–नभ्याइ भएको छ ।

नवरात्र सुरु भएदेखि सोमबार साँझसम्म उपत्यकाबाट २३ लाख मानिस बाहिरिएको तथ्यांक ट्राफिक प्रहरीसँग रहेको छ ।

योक्रम नवमीको दिनसम्मै चल्ने भएकाले करिब २५ लाख बढी मानिसले उपत्यका छाड्ने अनुमान पनि प्रहरीको छ ।

अहिलेपनि बसपार्कलगायतका स्थानमा यातायात सन्चालकहरुलाई टिकट काट्न भ्याइ–नभ्याइ छ ।

विदेशबाट वर्षौंपछि स्वदेश आएर घर जाने टिकटको प्रतीक्षामा बस्नेहरु पनि उत्तिकै देखिन्छन् ।

दसैंका लाखौं यात्री र हजारौं यातायातका साधनको व्यवस्थापन गर्नु यतिबेला ट्राफिक प्रहरीका लागि पनि चुनौती बनेको छ ।

उपत्यकाभित्रमात्रै १४ सय ट्राफिक प्रहरी परिचालन गरिएको र नाकाहरुमा २४ सै घन्टा मापसे जाँच, आकस्मिक जाँच र टाइमकार्ड लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

ट्राफिक प्रहरीले असोज ५ गतेयता मादकपदार्थ सेवन गरेर लामो दूरीका गाडी चलाउने ३२ जना चालकलाई कारबाही गरिसकेको र बढी भाडा असुल्ने तथा क्षमताभन्दा बढी यात्री राख्ने ३० ओटा सवारी–साधनलाई जनही पाँच हजार रुपैयाँ जरिवाना गरिएको पनि ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै, यात्राकाक्रममा असहज अवस्था आए वा आफू ठगिएको महसुस भएमा तत्काल ट्राफिक कन्ट्रोल नम्बर १०३ मा खबर गर्न पनि ट्राफिक प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

भिडियो हेर्नुहोस्