
काठमाडौं, असोज २९ । नेपाल प्रहरीले दसैंका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न तीन रुटमा निःशुल्क बस सेवा सन्चालन गर्ने भएको छ ।
नागरिकको सहजताका लागि यही असोज ३१, आगामी कात्तिक १ र २ गते निःशुल्क बस सेवा सन्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्रबिन्दु बनाएर ती रुटमा बस सन्चालित हुनेछन् ।
नक्साल–पुतलीसडक–माइतीघर–कुपन्डोल–पुल्चोक–जावलाखेल–एकान्तकुना–बल्खु–कलंकी–कालीमाटी–त्रिपुरेश्वर–सहिदगेट–रत्नपार्क–दरबारमार्ग हुँदै नक्सालसम्म सेवा दिने प्रहरीले जनाएको छ ।
त्यस्तै, नक्साल–मैतिदेवी–गौशाला–कोटेश्वर–तीनकुने–बबरमहल–माइतीघर–त्रिपुरेश्वर–सहिदगेट–लैनचौर–लाजिम्पाट–नारायणगोपालचोक–बालुवाटार हुँदै पुनः नक्सालसम्म पनि प्रहरीको बस चल्नेछन् ।
यसैगरी, नक्साल–जयनेपाल हल–लैनचौर–सोह्रखुट्टे–नयाँबजार–बालाजुचोक–नयाँ बसपार्क–तिलिंगेटार–नारायणगोपाल चोक–सुकेधारा चोक–चाबहिल–गौशाला–रातोपुल हुँदै पुनः नक्सालसम्म प्रहरीका बसले सेवा दिनेछन् ।
प्रहरीको निःशुल्क बसहरु बिहान ११ देखि अपराह्न ४ बजेसम्म सन्चालन हुने प्रहरीले जनाएको छ ।
प्रहरीले गत वर्ष पनि अष्टमी, नवमी र विजयादशमीको दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सन्चालन गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्