१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


राष्ट्रपति भण्डारीले विजयादशमीको टीका लगाइदिने


0
Shares

काठमाडौं, असोज २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको दिन सर्वसाधारण र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने भएकी छन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेकाअनुसार आगामी कात्तिक २ गते अपराह्न २ देखि ४ बजेसम्म टीकाका लागि राष्ट्रपति कार्यालय शीतल निवासको ढोका नम्बर–१ खुला रहनेछ ।

राष्ट्रपतिबाट टीकाग्रहण गर्न इच्छुक व्यक्तित्व, मन्त्रिगण, प्रदेशप्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्वलाई टीकाका लागि समय तोकिएको हो ।

यस्तै, निजामती, जंगी, प्रहरी तथा राष्ट्रसेवकलाई पनि सोही समय निर्धारण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस