कोमल शेरचन/कुमार कटुवाल (इमेज) काठमाडौं, भदौ १९ । पछिल्ला वर्षहरुमा महिला हिंसाका घटना दिन–प्रतिदिन बढिरहेका छन् । चार वर्षयताको तथ्यांकमात्र हेर्ने हो भने हरेक दिन चारजना महिला कुनै न कुनै रुपको हिंसाको शिकार भइरहेका छन् । समाजमा बढ्दो अपराधीकृत मानसिकता त्यसको कारण रहेको मानवशास्त्रीहरुको मत छ । सुन्दै कहाली लाग्ने, सोच्नै नसकिने घटनाले हिजोआज समाजमा…