
म्याग्दी, भदौ १८ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित भीरकाटेमा सडकबाट कालीगन्डकी नदीमा खसेर सोमबार एकजना बिरामी बेपत्ता भएका छन् ।
उपचारका लागि सदरमुकाम बेनीमा आउनेक्रममा बेनी–जोमसोम सडकको भीरकाटे खन्डमा सडकबाट कालीगन्डकीमा खस्दा अन्नपूर्ण गाउँपालिका–२, भुरुङका ४६ वर्षीय बमबहादुर पुर्जा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार बेनी–जोमसोम सडकमा खसेको पहिरोले यातायात अवरुद्ध भएपछि हिँडेर पहिरो पार गर्नेक्रममा पुर्जा कालीगन्डकीमा खसेका थिए ।
सडक अवरुद्ध भएपछि एम्बुलेन्सबाट झरेर श्रीमतीको हात समाएर पहिरो छिचोल्लेक्रममा चिप्लिएर नदीमा खसेका पुर्जाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्