१० फाल्गुन २०८०, बिहिबार | Thu Feb 22 2024


कोटेश्वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


0
Shares

काठमाडौं, भदौ १९ । काठमाडौंको कोटेश्वरस्थित आकाशेपुल नजिकै हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा सिभिल अस्पताल मिनभवनमा गएराति सवा ९ बजे मृत्यु भएको हो ।

मृतक पुरुष रहेको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी पौने ९ बजे पैदल हिँडिरहेका उनलार्इ बा९२प ५०६६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । सवारी साधन सहित चालकलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।